
काठमाडौं । प्रि–सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब चेल्सीले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा चेल्सीले इटालियन क्लब उडीनेजेमाथि ३–१ को सहज जित निकालेको हो ।
चेल्सीका लागि एन्गोलो कान्टे, रहिम स्ट्रर्लिङ र मासन माउन्टले एक एक गोल गरे भने उडीनेजेका लागि जेराड डेउलोफेउले एक गोल फर्काए ।
खेलको २० औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा रहिमले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ४२ औं मिनेटमा उडीनेजेका जेरार्डले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको अन्तिम समयमा माउन्टले गोल गर्दै चेल्सीलाई ३–१ को जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्