१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङमा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु


234
Shares

काठमाडौं । दाङमा स्कुल बसले किच्दा शुक्रबार बेलुका एक बालिकाको मृत्यु भएको छ ।

गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बालिका थापा बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर घाइते भएको र उपचारका लागि लमही अस्पताल पुर्‍याइए लगत्तै मृत्यु भएको थियो ।

प्रहरीले विद्यालयको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।