१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलाम अस्पतालमा नि:शुल्क डाइलासिस सेवा सुरु


455
Shares

इलाम । इलाममा मृगौला रोगीका लागि नि:शुल्क डाइलासिस सेवा सुरु भएको छ ।

तीन वटा मेसिनबाट इलाम अस्पतालमा मृगौला रोगीका लागि हेमोडाइलासिस सेवा सुरु भएको हो । हालसम्म ६ जना बिरामीको ३१ पटक डाइलासिस गरिएको अस्पतालले जनाएको छ ।

नि:शुल्क डाइलासिस सेवा सुरु भएसँगै पूर्वीपहाडका आर्थिक अवस्था कमजोर भएका बिरामीलाई ठूलाे सहयाेग मिल्ने भएकाे छ । इलाम नगरपालिका र रोटरी क्लब धरानको सहयोगमा साढे ४३ लाख रुपैयाँ खर्च गरेर तीन वटा मेसिन खरिद गरेपछि यो सेवा सुरु भएको अस्पतालले जनाएको छ।