
एजेन्सी । बलिउड अभिनेत्री विपाशा बासु आमा बन्ने भएकी छन् ।
विपाशा बासु र अभिनेता करणसिंह ग्रोबरले विवाह गरेको ६ वर्ष पछि आमा बुवा बन्न लागेका हुन् ।
भारतीय सञ्चार माध्यमका अनुसार करण र विपाशाले केही समयपछि आफूहरू आमा बुवा बन्न लागेको कुरालाई आधिकारिक रूपमा सार्वजनिक गर्नेछन् ।
सन् २०१५ मा विपाशा र करण फिल्म ‘अलोन’ को सुटिङको क्रममा एक अर्काको प्रेममा परेका थिए । २०१६ को अप्रिल महिनामा उनीहरू विवाह भएको थियो ।
प्रतिक्रिया दिनुहोस्