
काठमाडौं । चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ ।
नेपाल स्क्वास र्याकेट्स संघले पत्रकार सम्मेलन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको हो । धनलक्ष्मी महर्जन फाउण्डेशनको आयोजना हुन लागेको प्रतियोगितामा विभन्नि ५ विधामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
६ दिने प्रतियोगितामा पुरुष र महिला खुला, मास्टर्स खुला पुरुष ५० वर्ष भन्दा माथि उमेर समूह र जुनियर छात्र खुला तथा प्लेट गरी पाँच विधामा प्रतिष्पर्धा हुने लागेको हो । जुनियर तर्फको उत्कृष्ट खेलाडीलाई संघले विशेष तालिम प्रदान गर्नेसमेत जनाएका छ । प्रतियोगितामा १ सय भन्दा बढी सहभागी हुने आयोजकको अनुमान छ ।
स्क्वास संघका अध्यक्ष किशोर मर्हजनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा आयोजना हुने प्रतियोगितामा कुल १ लाख ३५ हजार पुरस्कार राशी रहेको छ ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र ९ हजार प्राप्त गर्नेछन् भने महिलातर्फ १८ हजार, ११ हजार र ७ हजार प्राप्त गर्नेछन् । त्यस्तै, जुनियरतर्फ १० हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्