२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


मुम्बईको चित्रकूट स्टुडियोमा आगलागी हुँदा १ जनाको मुत्यु (अपडेट)


156
Shares

एजेन्सी । भारतको मुम्बईको चित्रकूट स्टुडियोमा आगलागी हुँदा १ जनाको मुत्यु भएको छ ।

बलिउड अभिनेता रणवीर कपूर तथा निर्देशक लव रञ्जनको नाम नखुलेको फिल्मको सेटमा शुक्रबार दिउँसो आगलागी भएको थियो ।

भर्खरै प्राप्त जानकारी अनुसार आगलागीमा परी एक जनाको मृत्यु भएको छ । श्रद्धा कपुर र रणवीर कपुर स्टारर फिल्मको गीतको छायांकन अंधेरी वेस्टको चित्रकूट स्टुडियोमा हुँदै थियो । लव रञ्जनको सेटसँगै राजश्री प्रोडक्सनको सेटमा पनि आगलागी भएको थियो ।

आगलागीमा परी मनिष देवासी नामका व्यक्ति घाइते भएका थिए । ३३ वर्षीय मनिषलाई तत्काल सिभिक रन कुपर अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको छ ।

भारतीय सिने कर्मचारी महासंघका महासचिव अशोक दुबेले लव रञ्जनको सेटमा बत्तीको काम हेरिरहेका थिए, उनलाई पनि धेरै चोट लागेको भारतीय सञ्चार माधयमले जनाएका छन् ।

फिल्मको सेटमा प्रि-लाइटिङ भइरहेको बेला आगो लागेको हो । आगलागीको कारण भने खुल्न सकेको छैन । फिल्मका निर्देशक लव रञ्जन यहाँ आफ्नो फिल्मको गीत सुटिङ उक्त, सेटमा गर्ने योजनामा ​​थिए ।

लव रञ्जनको फिल्मबाट अभिनयमा डेब्यु गर्दै गरेका निर्माता बोनी कपुरले आगलागी हुँदा सेटमा बत्ती बाल्ने काम मात्र भइरहेको बताएका छन् ।