
web pic
काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा तिर्थयात्री बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।
शनिबार दिउँसो स्वर्गद्वारीबाट भिङरीतर्फ गइरहेको लु ३ च ३५३ नम्बरको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।
घाईते मध्ये ९ जनालाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । अन्य ५ जनालाई सामान्य उपचारपछि घर फर्किएका छन् ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका १७ जना स्थानीयवासी जिप रिजर्भ गरी स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्