
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निमित्त आफ्ना गतिहरुलाई अझ तेजका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
अब निर्वाहमुखि भएर बस्ने छुट कसैलाई पनि नभएको भन्दै नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले यस्तो आग्रह गर्नुभएको हो ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)को पाँचौं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका उहाँले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिवद्ध रहेको पनि दोहोर्याउनुभयो ।
त्यस अवसरमा मन्त्री कार्कीले आफू भाषण नभई व्यवहारिक रुपमै पत्रकाररुको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । अवको दश वर्षपछि सुन्दर, सभ्य र समृद्ध राष्ट्रको नागरिक बन्ने गरी नेपालले अघि बढनुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले त्यस काममा मुलुकको पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री कार्कीले कोभिड महामारीको बेलामा पनि पत्रकारहरुलाई साथ दिएको भन्दै इञ्जाको प्रशंशा समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्