
काठमाडौं । साहरा क्लब पोखराले गत माघमा सम्पन्न भएको २० औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ ।
क्लवले शनिबार पोखरामा प्रतियोगिताको आय र व्यय सार्वजनिक गरेको हो । जस अनुसार क्लवलाई प्रतियोगिता सम्पन्न गर्दा झन्डै साँढे तीन लाख रुपैयाँ घाटा भएको जनाएको छ । प्रतियोगिताका लागि कुल ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ ६३ पैसा आम्दानी भएकोमा ६९ लाख ८९ हजार रुपैयाँ २५ पैसा खर्च भएको क्लबले जनाएको छ ।
आहा रारा गत वर्षको माघ ६ गते देखी १५ गते पोखरा रंगशालामा भएको थियो । कुल १० टिमको सहभागिता रहेको गोल्डकपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले मनाङ– मसर््ङ्यादी क्लबलाई हराएर उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्