
फाइल तस्बिर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन संघ र प्रदेशको निर्वाचनपछि पनि निरन्तर रहने बताउनुभएको छ ।
एकीकृत समाजवादी जिल्ला कमिटी डोटीले शनिबार आयोजना गरेको भेलालाई सम्बोधन गर्न सिलगढी पुग्नुभएका अध्यक्ष नेपालले गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै यो पछिसम्म पनि कायम रहने बताउनुभयो । उहाँले गठबन्धनलाई निरन्तरता दिने विषयमा पाँच दलका शीर्ष नेताहरुबीच समझदारी रहेको स्पष्ट पार्नुभयो ।
उहाँले गत स्थानीय निर्वाचनमा गठबन्धनको भर परेका कारण अपेक्षित सिट हासिल गर्न नसकेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा आफ्नै तागत देखाउनु पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्