८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मुलुकको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता : शंकर पोखरेल


416
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।

शनिबार नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले पाँच दलीय गठबन्धनको सरकारले मुलुक बर्बाद बनाएको आरोप लगाउनुभयो ।

उहाँले वर्तमान गठबन्धनले देश नबन्ने ठोकुवा गर्दै महासचिव पोखरेलले वर्तमान सरकार लम्पसारवाद र अवसारवादको असल सेवक रहेको आरोप लगाउनुभयो । अस्थिरताका नायक प्रचण्ड र कलंकितका पर्याय माधवकुमार नेपालका कारण शेरबहादुर देउवाको सरकार टिकेको पोखरेलले दाबी गर्नुभयो ।