१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


विदेश र जिल्लाबाहिरबाट आएकालाई प्रवेश नदिन हिटलरको आदेश !


0
Shares

ललितपुर, जेठ १ । ललितपुरका एक वडा अध्यक्षले विदेश र जिल्लाबाहिरबाट आएकालाई घरमा प्रवेश नदिन वडावासीलाई कडा निर्देशन जारी गरेका छन् ।

हिटलर शाक्य नामका ललितपुर महानगरपालिका नम्बर ६ का वडाध्यक्षले विदेशबाट फर्किएका र बाहिर जिल्लाबाट आएकालाई घरमा प्रवेश नदिन घरधनीहरुलाई निर्देशन दिएका हुन् ।

घरधनीहरुलाई कोठा भाडामा लिएर विदेश वा जिल्लाबाट आएकालाई अर्को सूचना जारी नभएसम्म घरमा बस्न नदिन हिटलरले उर्दी जारी गरेका हुन् ।

काठमाडौँ उपत्यकाभित्रै कोरोनाको संक्रमण देखिएको भन्दै वडाअध्यक्ष शाक्यले अहिले बसिरहेकाहरुलाई मात्र बस्न दिन र बाहिर भएकालाई फोन गरेर नआउन भन्नसमेत घरधनीहरुलाई निर्देशन दिएका छन् ।

कसैले जिल्ला र विदेशबाट आएका व्यक्तिलाई प्रवेश दिएमा त्यस्ता घरलाई शिल गरिने चेतावनी उनले दिएका छन् । त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राख्दा लाग्ने खर्च र संक्रमति भएमा सबै क्षतिपूर्ति घरधनीले नै व्यहोर्नुपर्ने हिटलर हस्ताक्षरित सूचनामा छ ।