७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प


1.157k
Shares

काठमाडौंं । काठमाडौं उपत्यकामा आज आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको हो ।

काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पबाट कुनै क्षति भए नभएको विवरण आउन बाँकी छ ।