
सिन्धुली । भारतीय नम्बर प्लेटका गाडीका कारण सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या भएकाे छ ।
यहि साउनदेखि नेपालका तीर्थ स्थलहरुमा छिमेकी देश भारतबाट आउने भारतीय नम्बर प्लेटका गाडी तथा मोटरसाइकलका कारण सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या भएको हाे। भारतीय सीमा क्षेत्रका सीतामढी,पटना, रक्सौल र जोगवनी लगाएतका स्थानहरुबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे हलुका सवारी साधन तथा मोटरसाइकलले नेपाली भन्सार बिल नतिरी नेपाल प्रवेश गर्ने गरेकाे पाइएकाे छ ।
साथै कतिपय चालकको चालक अनुमति पत्र समेत नहुँदा सिन्धुली जिल्लाको वीपी, मदन भण्डारी र पुष्पलाल लोकमार्गमा ट्राफिक प्रहरीलाई सास्ती भएको छ । गेरु वस्त्रमा सिन्धुली जिल्लाको मधुगंगा महादेव, खोटाङ जिल्लाको हलेसी र काठमाडाैंको पशुपतिनाथ लगाएतका तीर्थस्थलको यात्राका लागि तीर्थयात्रीहरु लिएर गुडने सवारीका साधनहरुले तीर्थयात्री भन्दै चेकजाँच पनि छुट हुनुपर्ने बताउने गरेको समेत ट्राफिक प्रहरीले गुनासो गरेकाे छ ।
तीर्थयात्रीहरुले त्यसरी यात्रा गर्दा जोखिम हुने र कैयाैं दुर्घटना समेत भई जनधनको क्षति भइरहेको बताउदै चेक जाँँचका क्रममाविना भन्सार बिल भएका र चालक अनुमति बेगरका साबिकका साधनहरुलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले कारबाही समेत चलाउने गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार साउन मसिना सुरु भएयता सिन्धुली जिल्लाको वीपी , मदन भण्डारी र पुष्पलाल मध्यपहाडी लोकमार्गमा १२ हजार ३ सय ५० भारतीय नम्बर प्लेटका साधनहरुले आवागमन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्