६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सुनचाँदीको मूल्य बढ्ने क्रम जारी


2.977k
Shares

काठमाडौं । सुनचाँदीको मूल्य बिहीबारदेखि बृद्धि भइरहेको छ । आज आइतबार सुन प्रतितोला २ सय र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९५ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आइतबार १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार सुन ८ सय र चाँदी ३० रुपैयाँले बढेको थियो भने शुक्रबार पनि सुन ८ सय र चाँदी ३५ रुपैयाँले बढेको थियो ।