११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


फिल्म ‘इन्डियन २’ बाट बाहिरिइन् काजल अग्रवाल


10.959k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल कमल हसनको फिल्म ‘इन्डियन २’ बाट बाहिरिएकी छन् । उनी के कारणले बाहिरिइन् भन्ने खुलेको छैन । 

निर्देशक शंकरद्वारा निर्देशित ‘इन्डियन’ को सिक्वेल अब केहि समयको लागि रोकिएको छ । निर्देशक शंकर फिल्ममा अब कुन अभिनेत्री लिने भनेर अन्योलमा रहेका छन् ।

तर, कमल हसनको फिल्म विक्रमले राम्रो कमाई गरिरहेको बेला अर्को ठूलो स्तरको एक्शन फिल्म ‘इन्डियन २’ बन्ने तयारीमा छ । भारतीय सञ्चार माध्यमका अनुसार ‘इन्डियन २’ लाई कमल हसनको करियरको सबैभन्दा महँगो फिल्मको रूपमा लिइएको छ ।

यो फिल्मलाई पान भारत फिल्मको रूपमा डिजाइन गरिएको छ । अब फिल्ममा दीपिका पादुकोण वा कट्रिना कैफ जस्ता बलिउड अभिनेत्री लिइने निर्माण पक्षले बताइएको छ । यो फ्रेन्चाइजको पहिलो श्रृंखलाका उर्मिला मातोण्डकर र मनिषा कोइरालाको अभिनय रहेको थियो ।

‘इन्डियन २’ मा पनि कमल हसनको अपोजिटमा दुई शीर्ष बलिउड अभिनेत्रीहरू देखिने सम्भावना रहेको छ ।