१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


डडेल्धुरामा लागूऔषधसहित ३ जना पक्राउ


169
Shares

डडेल्धुरा । डडेल्धुरामा लागू औषधसहित ३ जना पक्राउ परेका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय दिपेश ऐर, कञ्चनपुरकै सिसैया बस्ने २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय अनिल ताम्राकार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ बागबजारस्थित तेज बोहराले सञ्चालन गरेको ग्रिन लजको तेस्रो तलामा लागूऔषध खैरो हेरोइनको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी टोली खटाइएको थियो ।

चेकजाँच गर्दा उनीहरुको साथबाट अढाई ग्राम खैरो हेरोइन, ३ थान मोबाइल र ४३ हजार ३ सय ५० नगद बरामद गरिएको प्रहरीले जनाएकाे छ ।