१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्वतमा करेन्ट लागेर एक युवाको मृत्यु


3.926k
Shares

पर्वत । पर्वतको पैंयु गाउँपालिका वडा नम्बर ६ भोर्लेमा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ ।

स्थानीय काहुँगाउँका ३० वर्षीय केशवबहादुर थापा मगरको आइतबार बिहान साँढे ९ बजे करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो । आफ्नै कुखुरा फार्ममा बिजुलीको बल्ब फेर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि स्याङ्जाको वालिङतर्फ लगिएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । बल्ब फेर्ने क्रममा बिजुलीको तारमा चिसोले सर्ट भएकाले करेन्ट लागेको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।