
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताउनुभएको छ ।
आइतबार नेपाल नागरिक उडड्यन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालो सूचीबाट हटाउने बताउनुभयो ।
उहाँले सम्बन्धित पक्षले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौ भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताउनुभयो ।
भैरहवा विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गरिने भन्दै उहाँले त्यसका लागि नयाँ विमानलाई आकर्षित गर्ने र सुविधाहरु दिइने बताउनुभयो ।
नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालय तत्पर रहेको उहाँले बताउनुभयो । त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाजहरु बढाएर पूर्ण रुपमा सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्