
काठमाडौं, जेष्ठ १ । एनसेल प्राईभेट लिमिटेडले अनलाइन क्लास सञ्चालनमा सहयोग पुर्याउने उद्देश्य सहित विद्यार्थीहरुको लागी नयाँ डेटा प्याक ल्याएको छ ।
कम्पनीले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा मोबाईल क्लास डेटा प्याक ल्याएको हो ।
लकडाउनका समयमा घरमा बसिरहेका विद्यार्थीको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखी एनसेलले १६ जिबी सहितको प्याकेज सञ्चालनमा ल्याएको जनाएको हो ।
यो प्याक विद्यार्थीले १५० रुपैयाँमै सुचालु गर्न सक्छन् भने प्याक अन्तर्गतको डेटा भोलुमको समय सिमा ७ दिनको रहने जनाइएको छ ।
यस प्याक अन्तर्गत विद्यार्थीहरुले ४ जिबी अल टाइम डेटा र २ जिबी भिडियो डेटाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
यसले विद्यार्थीहरुको अनलाइन अध्ययनमा ठूलो योगदान पुर्याउने विश्वास कम्पनीको छ ।
प्रतिक्रिया दिनुहोस्