१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


शनिबारदेखि जिल्लाभित्र पनि सवारी चलाउन नपाइने


0
Shares

काठमाडौं । सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।

बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गरेको सरकारले शनिबारदेखि भने जिल्लाभित्रै पनि यसअघि वितरित पासलाई मान्यता नदिने निर्णय गरिएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले सञ्चारमाध्यमहरुलाई जेठ ३ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका कुनैपनि पासले मान्यता नपाउने जानकारी दिए ।

कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडा बनाउन वितरित पास अमान्य बनाएको हो ।

नेपालमा हालसम्म २४९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।