
धनकुटा । प्रदेश-१ मा सबै भन्दा धेरै खेती योग्य जमिनको उपयोग गर्ने जिल्ला धनकुटा रहेको पाइएको छ ।
धनकुटामा कुल खेती योग्य जमिनको ९८ प्रतिशत उपयोग गरिरहेको प्रदेश-१ काे भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयले प्रकाशन गरेको वार्षिक प्रगति प्रतिवेदन तथा तथ्यांमा उल्लेख गरिएको छ ।
धनकुटाको कुल ८९ हजार २ सय हेक्टरमध्ये खेती योग्य जमिन भने ४० हजार ७ सय २३ हेक्टर क्षेत्रफल मात्रै रहेको तथ्यांक रहेको छ । जसमा ३९ हजार ९ सय १० हेक्टर क्षेत्रफलमा बालीनाली लगाइने गरिएको छ ।
प्रदेश-१ मा सबै भन्दा कम ओखलढुंगामा ५९ हजार ६३ हेक्टर क्षेत्रफल खेती योग्य जमिन रहेको भएपनि उपयोग भने २३ हजार ८ सय ७० हेक्टर अर्थात कुल खेती योग्य जमिनको ४०. ४१ प्रतिशतमा मात्र खेती गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्