१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


चीनसँग सम्बन्ध तोडिदिनसक्छुः अमेरिकी राष्ट्रपति ट्रम्प


0
Shares

एजेन्सी, जेठ २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोडने धम्की फेरि दिएका छन् ।

कोरोना महामारीको सन्दर्भलाई लिएर राष्ट्रपति ट्रम्पले चीनको आलोचना गर्दै उसँगको सबै सम्बन्ध तोड्ने धम्की दिएका हुन् ।

फक्स बिजनेसलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले हामी धेरैथोक गर्न सक्छौं भन्दै उस्तै परे सारा सम्बन्ध तोड्न सक्ने चेतावनी दिएका हुन् ।
यदि यस्तो भएमा के होला भन्ने प्रश्न गर्दै ट्रम्पले त्यस्तो भए ५ सय अरब डलर बच्ने तर्क सुनाए । ट्रम्पले उल्लेख गरेको अंक चीनसँगको अमेरिकी व्यापार घाटाको हो ।

कोरोना भाइरस महामारीपछि अमेरिका र चीनबीचको सम्बन्धमा चिसोपन आएको छ । अमेरिकाले कोरोना महामारी लुकाउन खोजेको आरोप चीनमाथि लगाइरहेको छ ।

तर चीनले यो आरोप अस्वीकार गर्दै आएको छ । पछिल्ला दिनमा चीनमाथिको आक्रमण ट्रम्पको चुनावी रणनीति रहेको बताउन थालिएको बीबीसीले जनाएको छ ।