१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


नेकपाको सचिवालय बैठकमा सरकारको नीति तथा कार्यक्रमको छलफल


0
Shares

काठमाडौं, जेठ २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो ।

सचिवालय बैठकमा सरकारले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

बैठकमा वैशाख ३१ गते बस्न नसकेको स्थायी कमिटी बैठकका विषयमा पनि छलफल हुनसक्ने एक नेताले बताए ।