
फाइल फाेटाे
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको गाजा तामेङमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गयराती घरमाथिबाट खसेको पहिरोले तीन घर पुरीएका छन् ।
पहिरोमा पुरिएर नविन विक र राजन विकको मृत्यु भएको वडा सदस्य भक्तिबहादुर घर्ति मगरले जानकारी दिए । उनका अनुसार, पहिरोमा घामबहादुर विक, राजु विक, रोजी विक बेपत्ता भएका छन् ।
बिहानैदेखि स्थानीयबासीले बेपत्ता भएकाहरुको खोजी गरिरहेका छन् । वर्षा र पहिरोले खोजी कार्य प्रभावित बनेको छ ।
अहिले इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्