१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा ९९ प्रतिशत धान रोपाइँ सम्पन्न


169
Shares

स्याङ्जा । साउनको तेस्रो हप्तासम्म स्याङ्जामा ९९ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएकाे छ ।

कालीगण्डकी र गल्याङ्मा ९७ प्रतिशत रोपाइँ भएको हाे । साथै आँधिखोला, फेदीखोला, अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिकामा ९९ प्रतिशत रोपाइँ सकिएको हाे । त्यस्तै, चापाकोट, बिरुवा, हरिनासमा ९८ प्रतिशत रोपाइँ सकिएको छ ।

जिल्लामा ९९ प्रतिशत धान खेत रोपेर सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालले जानकारी दिनुभयो । जिल्लामा १६ हजार हेक्टरमा धानखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

छिट्टै र पर्याप्त वर्षा भएका कारण यो वर्ष किसानले समयमै धान रोप्न पाएका हुन् । साउनको अन्तिमसम्म रोपिने टारी खेत पनि यसपटक भने रोपिसकिएकाे छ ।

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष स्याङ्जामा ५१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।