१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


स्वास्थ्य सेवा विभाग खारेज, राष्ट्रिय रोग नियन्त्रण केन्द्र बनाइने


0
Shares

काठमाडौं, जेठ २ । सरकारले महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसिडिसी) स्थापना गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पेश गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको (एनसिडिसी) स्थापना गर्ने घोषणा गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संगठन संरचना परिमार्जन सम्बन्धी प्रस्तावमा संघअन्तर्गतको स्वास्थ्य सेवा विभागलाई खारेज गरी गरी एनसिडिसी स्थापना गर्ने प्रस्ताव गरेको थियो ।

संघमा राष्ट्रिय र प्रदेशमा प्रादेशिक रोग नियन्त्रण केन्द्र स्थापना गरिने छ । यसैगरी संघमा ३ सय शैय्याको अत्याधुनिक अस्पताल निर्माण गरिने छ । यस्तै संघ र सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गरिने राष्ट्रपतिले बताइन् ।