१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


नेपालले अरूकै निर्देशनमा लिपुलेक सडकको विरोध गरेको भारतीय सेनाप्रमुखको आरोप


0
Shares

काठमाडौं, जेठ २ । भारतीय सेनाका प्रधानसेनापति मनोज मुकुन्द नरवानेले अरु कसैको निर्देशनमा कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले आपत्ति जनाएको आरोप लगाएका छन् ।

भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिएसए) ले गरेको कार्यक्रममा प्रधानसेनापति नरवानेले कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको दाबी समेत गरेका छन् ।

नाम नलिएपनि उनको नेपालले चीनको निर्देशनमा विरोध गरेको इग्गित गरेका हुन् । उनले कालापानीपूर्वको भूभाग नेपालको हो भन्दै सडक नदीभन्दा पश्चिममा बनाइएकाले नेपालीहरू केका लागि विरोध गरिरहेका छन् बुझ्न सकेको छैन भने ।

उनले त्रिपक्षीय (नेपाल, भारत र चीनको) जक्सन कहाँ हुनुपर्छ भन्ने मुद्दा टुंगिन बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘त्यसैले नेपालले अरू कसैको निर्देशनमा यो मुद्दा उठाएको हुन सक्छ’ ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले गत साता धार्चुलाबाट नेपालको कालापानी हुँदै मानसरोवर जोड्ने  सडक ट्रयाक उद्घाटन गरेपछि नेपालमा विरोध भएको छ । यसअघि कालापानी पश्चिम काली नदी पूर्वको लिम्पियाधुरासहितका नेपाली गाउँलाई भारतको नक्शामा हालेर प्रकाशित गरेपछि पनि नेपालमा विरोध भएको थियो ।

पहिलो पटक प्रेस रिलिज गरेर खापत्ति जनाएको नेपालले यसपटक नेपाली भूमिमा भारतले एक पक्षीय रूपमा सडक बनाएकोमा परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाई कूटनीतिक नोट नै दिएको छ ।

नेपाली भूमि अतिक्रमण गरिएकामा भारतको जनस्तरमा पनि विरोध प्रदर्शन भइरहेका छन् ।