२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बजेट कृषिमा केन्द्रीत भएकाले उत्पादनमा जोड दिनुपर्छ : अर्थमन्त्री शर्मा


104
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने बताउनुभएको छ ।

अर्थमन्त्री शर्माले सरकारले ल्याएको बजेट कृषि केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न आग्रह गर्नुभयो । उहाँले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताउनुभयो ।

मन्त्री शर्माले भएको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समुन्नत बनाउन सकिने बताउनुभयो । उहाँले सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्थासमेत गरेको दाबी गर्नुभयो । उहाँले भूमिहीनलाई जमिन दिएर, पुँजी नहुनेहरुको लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कृषिमा जोडेमात्रै मुलुकको अर्थतन्त्र सवलिकरण हुनसक्ने बताउनुभयो ।

मन्त्री शर्माले नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरुले उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । मन्त्री शर्माले उत्पादनमा जोड दिए नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताउनुभयो ।