
काठमाडौं । सर्वोच्च अदालत बार एशोसियसनले सर्वोच्चको निर्माणधिन भवनमा भएकोे अनियमितताको विषयमा स्वतन्त्र छानबिन समिति बनाउन कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीलाई सुझाव दिएको छ ।
सर्वोच्च बारका पदाधिकारीसहितको टोलीले कामु प्रधानन्याायधीश कार्कीलाई भेटेर आन्तरिक छानबिन समिति बनाई अध्ययन गर्न सुझाव दिएको हो ।
सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले पूर्ण बैठक बोलाएर स्वतन्त्र छानबिन समिति गठन गर्न र समितिले बुझाएको प्रतिवेदन अनुसार कानूनी कारवाही गर्न सुझाव दिनुभएको हो । घिमिरेले कामु प्रधानन्यायाधीश कार्की आफूहरुको प्रस्तावप्रति सकारात्मक भएको भन्दै पूर्ण बैठक बोलाएर सोही विषयमा छलफल गर्नेमा विश्वस्त रहेको बताउनुभगो ।
भेटमा कार्कीले संविधान र कानुनको सीमाभित्र रहेर अदालतको भवन निर्माणको अनियमितता हेर्दा कही फरक नपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको जिकिर गर्नुभयो । कार्कीले सर्वोच्चको नयाँ भवन निमांणको सम्बन्धमा अनुसन्धान गर्न अख्तियारलाई पत्र लेख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्