
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रत्यायन विधेयक, २०७८ निरीक्षण, परीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रवकारी र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले विधेयक सम्बन्धी उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री बडूले मुलुकमा समरुपता परीक्षण, निरीक्षण, परीक्षण प्रमाणिकरणलाई प्रत्यायनको माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान यो विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय बजारमा आफ्ना वस्तुहरुको पहुँच सुनिश्चित गराउने विषयमा पनि यो विधेयक महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बडूले नेपालबाट विश्व बजारमा जाने उत्पादनको विश्वसनियता पनि यो विधेयकका कारण बढ्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापारमा नेपालका वस्तुहरुको पहुँच पनि सहजता पूर्वक हुने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्