
काठमाडौं । नेपाल उद्योग परिसंघले बारा–पर्सा उद्योग संघ गठन गरेको छ ।
परिसंघले विरेन्द्र संघाईको अध्यक्षतामा संघ गरेको हो । परिसंघले आर्थिक वृृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलनका क्रममा संघ गठनको घोषणा गरेको हो ।
परिसंघले मधेश प्रदेश सरकार र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार भएको बताउनुभयो ।
उद्योगमैत्री वातावरण बिना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उहाँले बताउनुभयो । उद्योगको स्थापना देखि संचालनसम्म उत्पन्न हुने समस्या समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको भन्दै उहाँले विरगंजमा उद्योग विभाग स्थापनाको निर्णय गरेको जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्