
काठमाडौं, जेठ २ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै दाहालले आफ्नै सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौति रहेको स्वीकारेका हुन् ।
मुख्य कुरा कार्यान्वयन रहेको र कोरोना भाइरसले सबैतिर जटिलता पैदा गरेकाले कार्यान्वयनमा चुनौती रहेको उनले टिप्पणी गरे ।
कार्यान्वयन गर्न सकेमा राम्रै गति लिने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्