
काठमाण्डौं । अमेरिकाकाे तल्लाे सदनकी सभामुख न्यान्सी पेलोसीले आज (बुधबार) ताइवानको संसदलाई सम्बोधन गर्नुभएको छ ।
उहाँ मंगलबार राति ताइवान पुग्नु भएकाे हाे । ताइवानी संसदका उपसभामुख थाइ छि छाङले संसदमा उहाँलाई स्वागत गर्नुभएकाे थियाे । स्वागत पश्चात संसदलाई सम्बोधन गर्दै उहाँले ताइवान विश्वको स्वतन्त्र समाजमा पर्ने बताउनुभयो ।
ताइवानसँगको अमेरिकी साझेदारी आगामी दिनमा अझै सुदृढ हुने पनि उहाँले बताउनुभयो । उहाँ आजै ताइवानी राष्ट्रपति थाइ इङ वेनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
उहाँले ताइवानी ब्यापारी तथा उद्योगीहरु र स्वतन्त्रता पक्षधर नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अमेरिकामा तेस्रो बरियतामा रहेकी पेलोसी २५ वर्षपछि ताइपेई पुग्ने अमेरिकी उच्च अधिकारी हुनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्