८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रोहित शेट्टीले अप्रिलमा अजय देवगनसँग ‘सिंघम ३’ को छायांकन सुरु गर्दै


442
Shares

एजेन्सी । बलिउड अभिनेता अजय देवगनको ‘सिंघम’ र ‘सिंघम रिटर्न्स’ को पहिलो र दोस्रो भागको सफलता पछि निर्देशक रोहित शेट्टी अब ’सिंघम ३’ ल्याउने तयारीमा छन् ।

हालै दिएको एक अन्तर्वार्तामा फिल्म निर्देशक रोहितले आफूले चाँडै ’सिंघम ३’ को छायांकन सुरु गर्ने बताएका छन् । अजय देवगन पहिलो दुई भाग जस्तै ’सिंघम ३’ मा पनि मुख्य भूमिकामा देखिनेछन् । अहिले रोहित टिभी शो खतरों के खिलाडी सिजन १२ होस्ट गर्नमा व्यस्त छन् ।

यद्यपि शो अन्तिम बिन्दुमा छ। यसबाहेक रोहित आफ्नो डेब्यू वेब सिरिज इन्डियन पुलिस फोर्सको छायांकनमा पनि व्यस्त छन् । वेब सिरीजको छायांकन सकिएलगत्तै उनले ’सिंघम ३’ को छायांकन सुरु गर्ने बताइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्ममा ज्याकी श्राफ मास्टरमाइन्डको भूमिकामा हुने बताएइको छ । ’सिंघम ३’ को नेगेटिभ मुख्य भूमिकामा ज्याकी श्राफले अभिनय गर्नेछन् । सिंघमको कुरा गर्ने हो भने सिंघमकाे पहिलो भाग सन् २०११ मा आएको थियो जसमा अजय प्रहरी अफिसरको भूमिकामा देखिएका थिए ।

उक्त फिल्ममा अजयको भूमिकालाई सबैले मन पराएका थिए । यही लोकप्रियताका कारण सन् २०१४ मा ‘सिंघम’ को दोस्रो भाग ‘सिंघम रिटर्न्स’ आएको थियो । अब ’सिंघम ३’ बन्ने तयारीमा छ ।