
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ ।
आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियूले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
अनेरास्ववियुले निगमलाई स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्न माग ज्ञापनपत्रसमेत बुझाएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र आईओसीले नेपाललाई मूल्य घटाएर पठाउँदासमेत निगमले समायोजन नगरेको भन्दै विरोध जनाएका हुन् ।
अनेरास्ववियुका उपाध्यक्ष आरसी लामिछानेले पेट्रोलियम पदार्थको स्वचालित रुपमा मूल्य समायोजन नभएसम्म विरोधका कार्यक्रम जारी राखिने बताउनुभयो ।
त्यस्तै, निगमका प्रवक्ता विनितमणी उपाध्यायले स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले निगमले अहिले पनि १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले माग पूरा गर्न नसकेको बताउनुभयो ।
आम नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेका भन्दै अनेरास्वविूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्