
म्याग्दी । म्याग्दीको बेनीमा साढे दुई सय वर्षदेखि देखाइँदै आएको लाखे नाचको प्रदर्शन सुरु भएको छ ।
करिब तीनसय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो ।
नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा लाखे नाच पनि देखाउने गरिन्छ । घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि वर्षे नाच सुरु गरिन्छ ।
पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । तीजको साँझ दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले वध गरेपछि यो नाचको अन्त्य गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्