१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बिनुले उजुरी दिएपछि काका ससुरा फरार


8.749k
Shares

काठमाडौं । आफ्नै श्रीमानबाट पटक-पटक याैन हिंसा तथा बलात्कारको सिकार बन्दै आएकी पीडित बिनु यादवले काका ससुरा पवन कठायतविरुद्ध रामेछाप प्रहरीमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा उजुरी दर्ता गरेकी छन् ।

यादवले रामेछाप प्रहरीमा मंगलबार उजुरी दर्ता गरेकी हुन् । बिनुले उजुरी दर्ता गरेपछि बुधबार घटनाबारे मुचुल्का उठाउन गएको प्रहरी टोलीललाई बिनुका श्रीमान प्रदीपले अवरोध गरेको उनको भनाइ छ ।

काका ससुरा पवन पनि फरार भएको बिनुले बताइन् । बिनुलाई पवनले २०७९ बैशाख ७ गते जवर्जस्ती करणी गर्न प्रयास गरेका थिए। बिनु आफ्नै श्रीमान प्रदीप कठायतबाट पीडित महिला हुन् ।

विगतमा श्रीमान प्रदीपले पटक-पटक गर्भ पतन र बलात्कार गरेका थिए । त्यसविरुद्ध उनले काठमाडौंको कालीमाटी प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन् ।

तर प्रदीपका मामा पर्ने प्रहरी नायव उपरीक्षक सुरज कार्की र काका ससुरा पवनले उजुरी परेको थाहा पाएपछि बिनुलाई डर, त्रास र धम्की देखाएर जाहेरी फिर्ता लिन दवाब दिएपछि उनले जाहेरी फिर्ता लिएकी थिइन् । प्रदीपले बिवाह गर्ने आश्वासन दिएपछि उनले जाहेरी फिर्ता लिएकी हुन् ।

महिला हिंसा तथा जबर्जस्ती करणी घटना दबाउन प्रहरी अधिकारीनै लागि परेकोले आज आफू घरको न घाटको भएको पीडित बिनु बताउँछिन् । उनका अनुसार प्रहरी नावय उपरीक्षक सुरज कार्कीले बिनुका भाई बहिनी समेतलाइ ज्यान मार्ने धम्की दिएर दर्ता भईसकेको उजुरी फिर्ता लिन बाध्य बनाएको र उजुरी फिर्ता लिँदाको कागज पनि आफुहरूले नै तयार पारेका थिए ।

महिला हक हितको लागी काम गर्ने नेपाल राष्ट्रीय महिला आयोगबाट समेत कुनै सहयोग नपाएको दुखेसो बिनुले पोख्दै आएकी छन् । शक्तिको पहुँचमा मनोमानी गर्दै पीडितलाई सहयोग गरेर राहत दिनुको साटो पीडितलाई अझ पीडा थप्ने काम गर्ने प्रहरी अधिकारीमाथि छनबिन गरेर कडा भन्दा कडा कारवाही नगरेसम्म आफूजस्ता पीडितले न्यायको लागि कस्को ढोका ढकढक्याउन जाने भन्ने बिनु यादव जस्ता थुप्रै पीडितहरूको प्रश्न रहेको छ ।यता प्रहरी यस्तो जघन्य अपराधलाई कमी ल्याउने तर्फ सङ्गठनले कुनै कसर बाँकी नराखेको दाबी गर्दै आइरहेको छ।

यसरी शक्तिको आडमा प्रहरी नै घटना दबाउनतिर लागे पछि पीडितहरू झन पीडामा पर्नु स्वभाविक हो । न्यायको लागि प्रहरी प्रशासनमा पुग्दा समेत पीडितको जाहेरी दर्ता नहुने हुँदा कतिपय पीडितले आत्महत्या सम्म गर्न बाध्य भएका छ्न् । महिला हिंसा तथा जबर्जस्ती करणीका पीडित बिनु यादवले त अदालतको इजलास भित्रै न्यायाधिश बद्री प्रसाद ओलीको सामु विष पिएर आत्महत्याको कोसिससम्म गरेकी थिइन ।

इजलासमा न्यायाधिशले पनि न्याय दिनुको साटो आफ्नो सौन्दर्यताको बयान गर्दै सम्बन्ध बिच्छेद गर्न दबाब दिने गरेको र आर्थिक प्रलोभनमा परेर फैसला पनि विपक्षीको पक्षमा गरे पछि पीडा सहन नसकी इजलासमै विष सेवन गरेको दुखेसो बिनुको छ ।

बिनुको श्रीमान प्रदीप बिरुद्ध पनि बलात्कारको उजुरी दर्ता भएको छ । पहिला पनि दर्ता भएको उजुरी श्रीमानको दाई प्रहरी नायब उपरीक्षक सुरज कार्कीको चर्को दबाबको कारण फिर्ता लिएर न्याय पाउनबाट बन्चित हुन परेको थियो । अहिले पनि आफूले न्याय पाउने कुरामा आफू विश्वस्त नभएको पीडितको भनाइ छ ।

न्यायको लागि जाँदा शक्तिको आडमा गुनासो नसुन्ने प्रहरी कर्मचारीमाथि छानबिन गरेर कारवाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन तर्फ प्रहरी सङ्गठनले जवसम्म ध्यान दिदैन तब सम्म बिनु यादब जस्ता पीडितहरुले न्याय पाउनबाट वञ्चित हुने छन् । ।यसप्रति समन्धित निकायको ध्यान जान जरुरी छ ।