७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नदीजन्य पदार्थ उत्खनन् गर्न प्रयोग गरिने उपकरण नियन्त्रणमा


260
Shares

पर्वत । कालीगण्डकी नदी किनारबाट नदीजन्य वस्तु उत्खनन् गर्न प्रयोग गरिएका उपकरणहरु नियन्त्रणमा लिएर सिल गरिएको छ ।

जिल्ला अनुगमन समितिको टोलीले अनुगमनका क्रममा उत्खनन्का लागि नदी किनारमा राखिएका तीनवटा स्काभेटर, एक थान डोजर र एउटा ट्याक्टर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कुश्मा नगरपालिका– १ स्थित राजाको बगरवाट एक÷एक वटा इस्काभेटर र डोजर, जलजला गाउँपालिका– ८ को खनियाघाटवाट एउटा इस्काभेटर र लस्ती भन्ने स्थानबाट एउटा ट्र्याक्टर तथा पर्वत जलजला गाउँपालिका– ४ लामाखेतबाट एउटा इस्काभेटर नियन्त्रणमा लिइ सिल गरिएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

असार १५ गतेदेखि भदौ १५ गतेसम्म नदि किनारबाट नदिजन्य वस्तु उत्खनन् गर्न नपाइने नियम भएपनि लुकेर अवैध रुपमा उत्खनन् गरेको गुनासो आएपछि अनुगमन टोली पुगेको प्रहरीले जनाएको छ ।