२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सेनाको सर्पदंश उपचार केन्द्र प्रभावकारी बन्दै


234
Shares

परासी । नेपाली सेनाले सञ्चालन गरेको सामुदायीक सर्पदंश उपचार केन्द्र प्रभावकारी बन्दै गएको छ ।

पूर्वी नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका–६ त्रिवेणीस्थित नेपाली सेनाको सर्पदंश केन्द्रमा नवलपरासीसहित भारतका सर्पले टोकेका बिरामीहरु पनि उपचारका लागि पुग्ने गरेका छन् ।

६ शैयाको केन्द्रमा नसिंङ्ग अध्ययन गरी सर्पदंशको तालिम प्राप्त गरेका दुई जना सेनाका स्वास्थ्यकर्मीले सेवा दिँदै आएको गोरखदल गण परासीका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताउनुभयो ।

केन्द्र सञ्चालनका लागि नेपाली बिरामी नागरिकसँग ५ सय रुपैयाँ र भारतीयसँग एक हजारका दरले सेवा शुःल्क लिने गरिएको छ ।

सोही रकमबाट समुदायबाट गठित समितिले आवश्यक पर्ने अन्य औषधीलगायतका स्वास्थ्य सामग्री खरिद गर्ने गरिएको गणले जनाएको छ । औषधी र अन्य सबै सेवा निःशुल्क हुने गरेको बताइएको छ ।