
काठमाडौं । अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) को पहिलो नेपाल टुर कन्सर्ट मिति पक्का भएको छ ।
उनी अगस्ट १६ मा नेपाल आउने भएका छन् ।
अर्थर गनले काठमाडौं, चितवन, पोखरा र बुटवलका शहरहरूमा कन्सर्ट गर्दैछन् । उनको सांगीतिक प्रस्तुति काठमाडौंबाट सुरु हुने छ । उनले काठमाडौंको क्लब प्लाटिनममा यही अगस्ट २० मा प्रस्तुति दिनेछन् ।
अगस्ट २४ मा चितवनमा उनले आफ्नो प्रस्तुती दिने छन् । त्यस्तै, अगस्ट २६ मा पोखरा र अगस्ट ३१ मा बुटवलमा कन्सर्ट गर्ने आयोजक कम्पनी ब्रेन सर्भिसिङ इन्क्रोपरेटेड प्रालिले जनाएको छ ।
अर्थर एक महिनाका लागि नेपाल आउन लागेका हुन् । उनी पहिलो पटक नेपाल आउन लागेका हुन् ।
अर्थर सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनरअप हुन् ।
प्रतिक्रिया दिनुहोस्