१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छलफलबिना ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्या भयो : घिसिङ


78
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवालासँग पर्याप्त छलफल बिना नै ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताउनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा बुधबार आयोजित स्पोटर््स डाइलगको पहिलो श्रृंखलामा सदस्यसचिव घिसिङले यस्तो टिप्पणी गर्नुभएको हो ।

सदस्यसचिव घिसिङले ऐन निर्माण गर्दा प्रदेशले केन्द्रको अनुशरण नगर्नाले थप जटिल स्थिति उत्पन्न भइरहेको बताउनुभयो । ऐन जारी भएको दुई वर्षभित्र निर्वाचन हुनु पर्दथ्यो । तर, समयमा नियमावली बन्न नसक्दा सबै संघ अवैधानिक हुन पुगेका छन् ।

राष्ट्रिय संघहरूको समस्या समाधान गर्न आफु अग्रसर रहेको भन्दै उहाँले उनीहरूलाई वैधानिक बनाउने प्रयास भइरहेको दाबी गर्नुभयो ।

सदस्यसचिव घिसिङले संघलाई वैधानिकता प्रदान गर्न युवा तथा खेलकुद मन्त्रालयमार्पmत बाधा÷अड्काउ फुकुवाकाकेही प्रश्ताव पठाइसकेको बताउनुभयो ।