२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


सुनकोशी–मरिण डाइभर्सनमा अझै आन्दोलन

'ठेकेदार र कामदारकाबीच सहमति हुन सकेन'

247
Shares

सिन्धुली । सिन्धुलीको सुनकोशी–मरिण डाइभर्सन आयोजनामा मजदुर आन्दोलनका कारण अवरुद्ध भएको काम अझै सुचारु हुन सकेको छैन ।

काम सुचारु गर्न मजदुरका प्रतिनिधि र ठेकेदार कम्पनीबीच पटक पटक वार्ता भएपनि ठेकेदार पक्षले हालको अवस्थामा सेवा सुविधा वृद्धि नगर्ने अडान लिएपछि एक सातादेखि ठप्प भएको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ को कुसुमटार क्षेत्रमा सञ्चालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा काम गर्दै आएका ३ सय ६० जना अदक्ष मजदुर र २ सय ८० दक्ष मजदुरले एक्कासी काम रोक्दा आयोजना निर्माणको कार्यमा करोडौं घाटा भइरहेको छ ।

डाईभर्सन आयोेजनाका मजदुरले जिल्ला दररेट अनुसार सेवा सुविधाको माग गरेका छन् भने ठेकेदार पक्ष चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीले नेपाल सरकारले तोकेको दररेट भन्दा बढी सेवा सुविधा प्रदान गरिएको भन्दै मजदुरका माग पूरा गर्न नसक्ने बताएको छ ।