९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थप ७६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


104
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनामा परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार ३३४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमित संख्या ५ हजार ६०२ रहेको छ ।