२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


अर्घाखाँचीमा ५ हजारबढी सवारी कारबाहीमा, ३५ लाख राजश्व संकलन


286
Shares

अर्घाखाँची । अर्घाखाँचीमा एक वर्षको अवधीमा ट्राफिक नियमको उल्लंघन गर्ने ५ हजार ८५० सवारी साधनलाई कारबाही गरिएको छ ।

आर्थिक वर्ष २०७८/२०७९ मा ट्राफिक नियम उल्लंघन गर्ने बस ४९९ सय, ट्रक ६४४, जिप १६७३, ट्याक्टर २६२, मोटरसाइकल २७१५ र अन्य ५७ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कारबाहीबाट ३५ लाख २५ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका प्रमुख हरीबहादुर केसीले जानकारी दिनुभयो ।

यस्तै, एक वर्षको अवधिमा सवारी साधन दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।