२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ


117
Shares

काठमाडौं । बझाङको वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन् । अस्थायी प्रहरी चौकी बागथलामा खटिएको नियमित जाँच टोलीले बुधबार उनलाई पक्राउ गरेको हो ।

बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०२ ००१ ख १११९ नम्बरको बसमा सवार उनलाई जाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।