
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । अधिकारीमाथि कर्मचारीलाई दुव्र्यवहार गरेको,निगमलाई विभिन्न कारणले घाटामा पुर्याएको लगायतका आरोप लागेको थियो । उनलाई गत जेठमा संस्कृति पर्यटन तथा नारिक उड्डयन मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो । उनले चित्तबुझ्दो जवाफ नदिएपछि असार पहिलो हप्ता उनी निलम्बनमा परेका थिए । सरकारले उनीमाथि छानबिन गर्न समिति समेत गठन गरेको थियो ।
त्यसपछि उनी सर्वोच्च अदालत गएका थिए । सर्वाेच्चले २३ असारमा अधिकारीमाथि छानविन गर्नुपर्ने भए निलम्बन नगरीनै छानबिन गर्न सकिने भनेर निलम्बन फिर्ता गरेको थियो । त्यसपछि उनी निगममा फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्