
बर्दिया । जिल्लाको राजापुर नगरपालिकामा कार्यरत स्थायी तथा करारका कर्मचारी आन्दोलित भएका छन् ।
नगरपालिका प्रशासनले आफूखुसी अपायक वडामा सुरुवा गरेको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन् ।
कर्मचारीहरूले कार्यालयमा धर्ना दिनुका साथै आफू कार्यरत स्थानमानै काम गर्न पाउनुपर्ने माग राख्दै नगर प्रमुख दिपेश थारुलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रशासनले आफूहरूलाई सौतेनी व्यवहार गरेको र माग पूरा नहुन्जेल आन्दोलन जारी राख्ने आन्दोलन अगुवा स्वास्थ शाखा प्रमुख गणेश अर्यालले चेतावनी दिुनभयो ।
यता नगरपालिका प्रशासनले भने जिम्मेवारी हेरफेर गरेको र नगरपालिका भित्रै आन्तरिक मिलान गरेको बताउँछ ।
दशौं वर्षदेखि एकै ठाउँमा बस्दा जिम्मेवारी बोध कम हुनुका साथै स्थायी कर्मचारीहरूलाई प्रमुख जिम्मेवारी दिनका लागि यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो ।
नगरपालिका प्रशासनले पालिकाको हितमा यस्तो निर्णय गरेकाले निर्बाध रूपमा काम गर्न अपिल गरेको छ । नगरपालिकाले बुधबार कर्मचारीको जिम्मेवारी हेरफेरको सूचना टाँस गरेको हो ।
प्रतिक्रिया दिनुहोस्