
काठमाडौं । सप्तकोसी नदीले कटान गरेको उदयपुरको बेलका नगरपालिका र सुनसरीको डुम्रीबोटेका स्थानीय जोखिम मोलेरै घर फर्कन थालेका छन् ।
बिहीबार पानीको सतह कम भएसँगै बिस्थापितहरु घर फर्कन थालेको बेलका नगरपलिकाका मेयर अशोक कार्कीले बताउनुभयो । बुधबार बिहानबाट कटान सुरु गरेको भएपनि कोसीको कटान नियन्त्रण गर्न समस्या देखिएको छ ।
सप्तकोसीमा पानीको सतह केही कम भए पनि कटान जारी नै रहेको बताइएको छ । कोसी कटान भएर उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु जलमग्न हुँदा २० हजार सर्बसाधारण बिस्थापित भएका थिए ।
सुरक्षाकर्मीको सहयोगमा बिस्थापितलाई सुरक्षित स्थानमा सारिएका कारण कुनै अप्रिय घटना भने हुन पाएको थिएन । तर बाढीले सर्वसाधरणको सम्पति र बालीनालीमा क्षती पु¥याएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोसी कटान नियन्त्रण गर्न सुरक्षाकर्मीलगायतको जनशक्ति परिचालन गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्