१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शान्ति सुरक्षा मजबुत बनाउ प्रदेश प्रहरी प्रमुख बज्राचार्यको प्रतिवद्धता


65
Shares

हटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रदेशभर शान्ति सुरक्षा मजबुत बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आफू इन्टरपोलमा रहेर विभिन्न अपराधि पक्राउ गर्न सफल रहेकाले प्रदेशभित्र चुस्त दुरुस्त हुने गरी काम गरिने उहाँले बताउनुभयो । बिहीबार प्रदेश प्रहरी कार्यालयमा मकवानपरमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रदेश मातहतका जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय तहसँग, स्थानीय नागरिकसँग समन्वय गरी अगाडी बढ्ने बताउनुभयो ।

प्रदेशमा भएको बढ्दो सामाजिक अपराध, लागुऔषध कारोबार, अवैध हातहतियारको प्रयोग, बलात्कार, विपद् व्यवस्थापन, घरेलु हिंसा जस्ता कार्यको नियन्त्रणमा संचारजगतको पनि आवश्यकता र समन्वय रहने हँुदा समन्वय र सहकार्य गरि कार्य सम्पादन गरिने बताउनुभयो ।

आफूले प्रदेश प्रहरी प्रमुखको नेतृत्व सम्हालिसकेपछि १० जिल्लाका प्रहरी प्रमुखलाई शान्ति सुरक्षा कायम गर्न, प्राकृतिक दोहनका घटना नियन्त्रण, हत्या अपराध न्यूनीकरणमा काम गर्न निर्देशन दिइसकेको बताउनुभयो ।

उहाँले गो होम कार्यक्रम, विद्यार्थीसँग प्रहरी र टिचरसँग प्रहरी कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिने बताउनुभयो ।